हाम्रो बारेमा
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. साविक दीपज्योति, चित्रवन, मोडल, अभिवृद्धि, गौरवमय, हाम्रो माइती तथा बसन्तपुर बचत तथा ऋण सहकारी संस्था (साकोस) को सफल एकीकरणबाट स्थापना भएको एक सुदृढ र विश्वसनीय सहकारी संस्था हो। उक्त एकीकरण पश्चात २०७७ साल फागुन ९ गते संस्थाको नाम संशोधन भई “हाम्रो चित्रवन” कायम गरिएको हो।
स्थापनाकालदेखि नै सदस्य–केन्द्रित सेवा, पारदर्शिता र उत्तरदायित्वलाई मूल आधार मानेर अघि बढिरहेको यस संस्थामा हाल ११,००० भन्दा बढी सेयर सदस्यहरू आबद्ध भइसकेका छन्। संस्थाको वित्तीय अवस्था मजबुत बन्दै गएको छ। हाल संस्थासँग रु. १२ करोड ९७ लाख ४८ हजार सेयर पुँजी, रु. १ अर्ब ८ करोड ९७ लाख ४७ हजार बचत संकलन, रु. १ अर्ब १ करोड ९६ लाख २३ हजार कर्जा लगानी तथा करिब रु. ११ करोड जगेडाकोष रहेको छ। यसरी संस्थाको कुल पुँजी रु. १ अर्ब ४३ करोड ३३ लाख २५ हजार पुगेको छ।
संस्थालाई एशियाली स्तरको गुणस्तरीय सहकारीका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित ACCESS कार्यक्रममा सहभागिता जनाइसकेको छ। संस्थाले विगत चार वर्षदेखि सहकारी ऐनअनुसार सामाजिक परीक्षण गर्दै आएको छ भने नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS) अनुसार लेखा प्रणाली अवलम्बन गरी नियमित लेखा परीक्षणसमेत गर्दै आएको छ, जसले संस्थाको पारदर्शिता र वित्तीय सुशासनलाई थप मजबुत बनाएको छ।
सदस्यहरूलाई प्रविधिमैत्री, द्रुत, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यका साथ संस्थाले आफ्नो पाँचौं चार वर्षे रणनीतिक व्यवसायिक योजना सफलतापूर्वक सम्पन्न गरी आ.व. २०८२/८३ देखि २०८५/८६ का लागि छैठौं रणनीतिक व्यवसायिक योजना निर्माण तथा कार्यान्वयनमा ल्याइसकेको छ। नीति, नियम र रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनमार्फत संस्थाले दीर्घकालीन स्थायित्व र सदस्यको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको छ।
नेपालमा सहकारी क्षेत्रलाई नियमन गर्ने कानुनी संरचना क्रमशः परिष्कृत हुँदै गएको सन्दर्भमा, सहकारी ऐन, २०७४ को संशोधन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना तथा कर्जा असुली न्यायाधिकरणको गठन जस्ता पहललाई संस्थाले सकारात्मक रूपमा लिएको छ। यद्यपि बदलिँदो राजनीतिक र आर्थिक परिवेशमा केही चुनौतीहरू देखिए पनि, सहकारी संस्थाको वास्तविक मालिक सदस्य स्वयं भएकाले आत्मनियमन (Self-Regulation) को अभ्यास गर्दै सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यताको पूर्ण पालना गर्ने दृढ प्रतिबद्धता संस्थाले लिएको छ।
“उत्कृष्ट संस्था, समृद्ध सदस्य” भन्ने मूल उद्देश्यलाई आत्मसात् गर्दै हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. सदस्यहरूको आर्थिक, सामाजिक तथा संस्थागत सशक्तीकरणका लागि निरन्तर अग्रसर रहनेछ।
संस्थाको ध्येय
युवा पुस्ताको सहभागिता, प्रविधियुक्त गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार गर्दै सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक विकास गर्ने ।
संस्थाको परिकल्पना
“उत्कृष्ट संस्था, समृद्ध सदस्य”:संस्थाको उद्देश्यहरु
- संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने ।
- सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने ।
- सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने ।
- सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरु सञ्चालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।
- संस्थाका शेयर सदस्यको सुरक्षाको लागि सामुहिक बीमा गर्नका लागि बीमा सुरक्षा योजनामा सहभागी गराउने कार्यमा पहल गर्ने ।
- सदस्यहरुलाई उच्चस्तरको विद्युतीय प्रविधिमार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्ने ।