ऋण
ऋण प्रकारहरु
सहकारीका सदस्यहरुलाई कृिष कार्य, वन, तरकारी खेती, फलफुल खेती, अदुवा, नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरीद, मलखाद खरीद, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कफि खेती, नर्सरी, जडीबुटी, नगदेवाली, दलहन तेहलन र खसी÷बाख्रा, गाई, भैंसी, राँगा, भेडा,च्याङ्ग्रा, खरायो, बंगुर, हांस, कुखुरा तथा पोल्ट्री व्यवसाय, कृषिको लागि प्रयोग गरिने ट्रयाक्टर, कृषि औजार एवं मेसिनहरू, दाना पराल उत्पादन तथा खरीद व्यवसाय आदि संचालनको लागि प्रदान गरिने ऋण ।
- साना कृषि व्यवसायःसदस्यले परम्परागत रुपमा गर्दै आएको कृषि उपज व्यवसायको लागि रु १० लाख सम्म ऋण लगानी गरिने छ । यसको भुक्तानी अवधि अधिकतम ६ वर्षको हुनेछ ।
- मझौला कृषि व्यवसाय तथा कृषि उत्पादनःयस अन्तरगत व्यवसाय दर्ता गरी कृषि उत्पादन बिक्री तथा वितरण गर्ने कार्य गरिरहेका वा नयाँ योजना बनाई कार्य गर्नको लागि ३५ लाखसम्म ऋण लगानी गरिनेछ । यसको भुक्तानी अवधि अधिकतम ८ वर्षको हुने छ ।
- ठूला कृषि व्यवसायःव्यवशाय दर्ता गरेको र व्यवसायिक हिसावले उत्पादन तथा खरीद विक्री गर्ने कृषि कार्यको लागि रु १ करोड सम्म ऋण लगानी गरिने छ । यसको भुक्तानी अवधि अधिकतम १० वर्षको हुनेछ ।
- कृषि व्यापारः यस शिर्षकमा माथि क, ख र ग मा नपरेका कृषि ऋणलाई कृषि व्यापार ऋणमा राखिएको छ । एकीकरण पूर्व कृषि ऋणको रुपमा लगानी भएका तर खास कृषि व्यवसायजन्य कार्य नभएकालाई कृषि व्यापार शिर्षकमा राखिने छ । यस शिर्षकमा हाललाई थप ऋण लगानी गरिने छैन । आवश्यकता अनुसार संञ्चालक समितिले निर्णय गरी लगानी गर्न सक्ने छ ।
- साना तथा लघु उद्यम ऋण सदस्यहरुले घरेलु उद्यम व्यवसाय सञ्चालनको लागि अधिकतम बीस लाख सम्मको पुँजी लगानी गरेको (तेल मिल, कुटानी पिसानी, सिलाई बुनाई, हस्तकला, हातेतान, मैन बत्ति, साबुन, दालमोठ, सिन्के चाउचाउ, वेतवास आदि) व्यवसायमा गरिने ऋण लगानीलाई साना तथा लघु उद्यम ऋण भनिनेछ । यस शिर्षकमा सदस्यको व्यवसायको अवस्था हेरेर अधिकतम रु २० लाखसम्मको ऋण लगानी गर्न सकिने छ । यस ऋणको भुक्तानी अवधि अधिकतम ८ वर्षको हुने छ ।
- मझौला र ठूला उद्योग ऋण सदस्यले घरेलु उद्योग, साना उद्योग, मझौला उद्योग र ठूला उद्योग व्यवसाय प्रवद्र्धन र विकास गर्नका लागि यस प्रकारको ऋणको व्यवस्था गरिएको छ । सदस्यहरुले बीस लाख भन्न्दा बढी पुँजी लगानी गरेकोे औद्योगिक व्यवसायको लागि जस्तै प्लास्टिक, फर्निचर, पस्मिना, कपडा, ग्रील,गार्मेन्ट, गलैंचा, कापी उद्योग, छापाखाना, ईंटा उद्योग, क्रसर उद्योग, बेकरी, जुत्ता तथा चप्पल, मसला,ठुला हस्तकला, बिस्कुट, चाउचाउ, साबुन, पानी उत्पादन र प्रशोधनको उद्योग आदि क्षेत्रमा लगानी गरिने ऋणलाई मझौला र ठूला उद्योग ऋण शिर्षमा ऋण लगानी गरिने छ । यस्ता उद्योग सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आउने वा सञ्चालन भइरहेका हुन सक्ने छन् । यस उपशिर्षकमा परियोजनाको लागतका आधारमा अधिकतम रु १ करोड सम्मको ऋण लगानी गर्न सकिने छ । यस ऋणको भुक्तानी अवधि अधिकतम १० वर्षको हुनेछ ।
सदस्यहरुले आफ्नो आय आर्जन हुने तथा समुदाय र अन्य सर्वसाधारण व्यक्तिहरुलाई समेत सेवा प्रदान गर्ने हेतुले संचालन गर्न सकिने व्यवसायका आधारमा सम्बन्धित निकायमा दर्ता भएका व्यवसाय (स्कूल, कलेज, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युट, कन्सलटेन्सी, पर्यटन तथा होटल व्यवसाय, जल र थल यातायात व्यवसाय, तालिम केन्द्र आदि) को लागि लगानी गरिने ऋणलाई सेवा व्यवसाय ऋण शिर्षकमा राखिने छ ।
यो शिर्षकमा ऋण लगानी गर्न फर्म वा कम्पनीमा सदस्यको स्वामित्व कायम भएको हुनु पर्ने छ ।
व्यवसाय सञ्चालनको लागि तयार भएको विधान, प्रबन्ध पत्र, नियमावली ,आय व्यय विवरण र धितो अनिवार्य हुने छ ।
सदस्यको परियोजनाको लागत अनुसार अधिकतम रु १ करोडसम्मको ऋण लगानी गर्न सकिने छ । यस ऋणको भुक्तानी अवधि बढीमा १० वर्षसम्मको हुने छ ।
सदस्यहरुले व्यापार व्यवसाय सञ्चालन गर्नको लागि पहिले लिएको ऋण रकमले अपुग भएमाव्यवसायलाई थप व्यवस्थित गरेर संचालन गर्नको लागि दिईने ऋणलाई ब्यवसाय प्रवद्र्धन ऋण भनिन्छ ।
भैरहेको ब्यवसायलाई थप लगानी गर्नुपर्ने भएमा पहिले गरेको ऋण लगानीको अधिकतम २० प्रतिशतसम्म वा अधिकतम रु २० लाखमा जुन कम हुन्छ त्यही रकम एकजनालाई लगानी गर्न सकिनेछ ।
कुनै कारणले समस्या आइपरेर व्यवसाय बन्द हुने अवस्था भएमा वा विपत्ती आइपरेर व्यापार व्यवसाय वा उद्यम व्यवसाय चल्न अप्ठ्यारो भएको अवस्थामा सो व्यवसायलाई सुचारु गर्न थप लगानीको खाँचो परेको अवस्थामा मात्र धितोले खामेमा यस शिर्षकमा ऋण लगानी गर्न सकिने छ । यसभन्दा पहिले यस शिर्षकमा भएको ऋण लगानी यसै अनुसार भएको मानिनेछ । यस ऋणको भुक्तानी अवधि ६ वर्षको हुने छ ।
यो शिर्षकमा ऋण लगानी गर्ने वा स्थगन गर्ने भन्ने विषय समय समयमा सञ्चालक समितिको निर्णयानुसार हुने छ ।
सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीका लागि विदेशमा जानको लागि श्रम ईजाजत पत्र र प्रवेशाज्ञा ९ख्क्ष्क्ब्०प्राप्त भएकाको लागि दिईने ऋणलाई बैदेशिक रोजगार ऋणभनिनेछ ।
यस प्रकारको ऋण रोजगारीमा जाने देशको प्रवेशाज्ञा प्रक्रियाको लागि लाग्ने खर्च तथा टिकट खर्चका आधारमा मात्र प्रदान गरिनेछ ।
यस शिर्षकमा बढीमा रु २० लाख सम्म ऋण लगानी गरिने छ । साथै धितो र पर्याप्त आय स्रोतको विवरण आवश्यक हुने छ । यस ऋणको भुक्तानी अवधि वढीमा ६ वर्षको हुनेछ ।
संस्थाका सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यले घुम्ति पसल, घडी रेडियो, टि.भी, मोवाइल, अटो मोवाइल मर्मत गर्ने, अचार बनाउने, ईलेक्ट्रिसियन, प्लम्बिङ्ख, परम्परागत सीप र कलाका लघु उद्यम, हेयर कटिङ्क, ब्युटिपार्लर, सिलाइ कटाई , चना चटपट, सानो चिया,कफी पसल आदि व्यवसाय सञ्चालन गरी स्वरोजगार हुन चाहने सदस्यको लागि आवश्यक पर्ने औजार सहितका सामान खरीद गर्न सदस्यको जमानतमा बढीमा रु. ५ लाखसम्म २ वर्षमा भूक्तानी गर्ने गरी र अचल सम्पत्ति धितो जमानतमा रु १० लाख सम्म, बढीमा ५ वर्ष सम्मको भुक्तानी अवधि हुने गरी ऋण लगानी गरिने छ ।
२०७८ साल असार महिनाभन्दा पहिले स्वरोजगार शिर्षकमा गरिएको ऋण लगानी यसै शिर्षक अन्तरगत राखिने छ ।
यस संस्थाकामहिला शेयर सदस्यको नाममा उद्योग, व्यापार व्यवसायका फर्म दर्ता कायम भई आफै सो व्यवसायमा संलग्न महिला सदस्यलाई यो ऋण प्रदान गरिने छ ।
यस शिर्षकमा ऋण लिनको लागि नारी हित बचत खाता सञ्चालनमा ल्याएको हुनु पर्ने छ । यस शिर्षकमा व्यवसायको अवस्था हेरी रु २० लाख सम्म ऋण लगानी गर्न सकिने छ ।
यस्तो ऋणको भुक्तानी अवधि बढीमा ८ वर्ष सम्मको हुनेछ ।