Saving

बचत

बचतका प्रकारहरु


मासिक रुपमा सदस्यले अनिवार्य जम्मा गर्नु पर्ने बचतलाई नियमित मासिक बचत भनिने छ । यस बचतलाई सजिलोको लागि अनिवार्य बचत भनिने छ ।

    1. नियमित मासिक बचतको उद्देश्यः सदस्यलाई बचत गर्ने बानीको कुशल व्यवस्थापन र आवश्यक धन सिर्जना गर्ने उद्देश्य हुनेछ ।
    2. बचत जम्मा गर्ने तरिकाः मासिक रुपमा आफुले कबोल गरेको रकम जम्मा गर्नु पर्नेछ । प्रत्येक महिनाको एक पटक वा महिना अगावै सदस्य स्वयम्ले कबोल गरेको रकम जम्मा गर्नु पर्ने छ ।
    3. नियमित मासिक बचतको समयावधिः सदस्य बनेको महिना देखि सदस्यता त्याग नहुँदा सम्म हरेक महिना आफुले कबोल गरेको रकम नियमित बचत गर्नु पर्नेछ । हरेक महिना २०० देखि ५००० सम्म बचत गर्न सकिनेछ । एक आर्थिक बर्षमा एउटै दरमा बचत गर्नु पर्नेछ ।
    4. नियमित मासिक बचत फिर्ता गर्ने प्रावधानः सामान्यतया मासिक बचतमा जम्मा गरेको रकम सदस्यता कायम रहुनजेल फिर्ता हुने छैन । सदस्यलाई रकम अत्यन्त आवश्यक परेको समयमा न्यूनतम रु २५०००। खातामा मौज्दात राखी बाँकी रकम झिक्न पाउनेछन् । यो भन्दा अझ बढी सदस्य वा सदस्यको परिवारमा विरामी परी लामो समय उपचार गर्नु पर्ने अवस्था आएमा, परिवार सदस्य वा सदस्य आफैलाई अध्ययनको लागि रकम आवश्यक परेमा तत्कालिन अवस्थाको विश्लेषण गरी मासिक रुपमा जम्मा गर्ने गरेको बचत दरको आधारमा कम्तिमा एक वर्षको बचत रकम खातामा रहेन गरी बाँकी रकम फिर्ता दिन सकिनेछ । यसको लागि समस्यालाई प्रमाणिकरण गर्ने आधार आवश्यक हुनेछ ।
    5. मासिक बचतको अन्य व्यवस्थाः सदस्य राहत तथा सुरक्षाको लागि बाािर्षक रुपमा जम्मा गर्नु पर्ने रकम मासिक बचत खाताबाट हरेक वर्षको श्रावण महिनामा आन्तरीक रुपमा सारन गरिनेछ ।
    6. ऋणको सुरक्षण राख्न पाइनेः नियमित मासिक बचतको सुरक्षण राखी बचतको ९० प्रतिशत रकम ऋणको रुपमा लिने सुविधा पाउनेछ । बचतको नब्बे प्रतिशत रकम अन्य सदस्यको व्यक्तिगत धनजमानत बस्न समेत सक्नेछ ।
    7. यमित मासिक बचतका अन्य निर्धारित शर्तहरुः मासिक बचत नियमित भएका, ३ वर्षदेखि मासिक बचत फिर्ता नलिएका, विगत ३ वर्षदेखि न्यूनतम मौज्दात रु २५०००। कायम भएका र ऋण लिएको भए विगत ३ वर्षदेखि भाखा किस्ता ननाघेको सदस्यलाई असल बचत कारोबारी गर्ने सदस्यको छनौटको लागि योग्यताको सीमा पुगेको सूचीमा राख्न सकिनेछ । मासिक बचत नियमित नभएका सदस्य साधारण सभामा भाग लिन पाउनेछैनन् । भ्रमणमा सहभागि बन्न पाउनेछैनन् । संस्थाले आयोजना गर्ने तालिम तथा गोष्ठिमा भाग लिन पाउने छैनन ।

 

 

 

संस्थाका सदस्यहरूले आफूस“ग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्न र झिक्न पाउने सुविधा भएको बचतलाई सरल बचत भनिने छ । यसलाई सजिलोको लागि सरल बचत खाता भनिने छ ।

    1. सरल बचतको उद्देश्यः सदस्यको ऐच्छिक बचतको रुपमा कारोबार गर्ने सुविधा प्रदान गर्नु यसको उद्देश्य हो ।
    2. बचतको समयावधिः सदस्यता कायम रहँदा सम्म यो बचत खाता कायमै रहनेछ । कारोबारको हिसाबले यसको समयावधिको सीमा रहनेछैन ।
    3. बचत फिर्ता र न्यूनतम मौज्दात राख्ने प्रावधानः यस बचत खातामा सदस्यले न्यूनतम रु १०००। (एक हजार) खातामा मौज्दात राखी बाँकी रकम आफुलाई आवश्यक परेको कुनै पनि समयमा झिक्न वा फिर्ता लिन पाउनेछन् ।
    4. सरल बचतका अन्य निर्धारित शर्तहरुः मोवाइल एप्स सञ्चालनको लागि सरल बचत खाता प्रयोगमा आउने भएकोल बैंक तथा वित्तीय संस्थामा रकम पठाउन, विजुली, पानी, नेट इन्टरनेट, टेलिफोन, टिभि, अन्तरदेशीय हवाई तथा बसको टिकट, विभिन्न वालेटमा रकम पठाउन, बजारमा खरीद गरिने विभिन्न सामानको मूलल्य भूक्तानी गर्न सहज हुने भएकोले सरल बचत खातामा रकम जम्मा गर्ने व्यक्तिले धेरै नगद बोकेर हिड्न नपर्ने । एटीएम प्रयोग कर्ताको लागि पनि सरल बचत खाताबाट कारोबार गर्न पाउने । शुन्य मौज्दातमा खाता खोल्न सकिने छ । यो खाताको रकम सदस्यले चाहेको समयमा आवश्यकता अनुसार झिक्न सक्नेछन् । सदस्यको क्षमता अनुसार जतिसुकै रकम जम्मा गर्न सक्ने ।

दैनिक रुपमा आम्दानी गर्ने सदस्यहरुको आफ्नो सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ । संस्थाका सदस्यहरूले आफूस“ग भएको रकमलाई आफ्नो ईच्छाअनुसार दैनिक रुपमा बचत राख्न र झिक्न पाउने सुविधा भएको बचतलाई दैनिक बचत भनिने छ ।

    1. सरल बचतको उद्देश्यः दैनिक रुपमा आय आर्जन गर्ने सदस्यको लागि बचत जम्मा गर्ने सुविधा प्रदान गर्नु यसको उद्देश्य हो ।
    2. बचतको समयावधिः सदस्यता कायम रहँदा सम्म यो बचत खाता कायमै रहनेछ । सदस्यले स्वेच्छिक रुपमा दैनिक बचत खाता खोल्न र बन्द गर्न पाउनेछन् ।
    3. बचत फिर्ता र न्यूनतम मौज्दात राख्ने प्रावधानः यस बचत खातामा सदस्यले न्यूनतम रु १०००। (एक हजार) खातामा मौज्दात राखी बाँकी रकम आफुलाई आवश्यक परेको कुनै पनि समयमा झिक्न वा फिर्ता लिन पाउनेछन् ।
    4. निक बचतका अन्य निर्धारित शर्तहरुः व्यापार व्यवसाय गर्ने सदस्यको लागि मोवाइल एप्स लागि दैनिक बचत खाता लिंक गरी प्रयोगमा ल्याउन सकिने । मोवाइल एपमार्फत बैंक तथा वित्तीय संस्थामा रकम पठाउन, विजुली, पानी, नेट इन्टरनेट, टेलिफोन, टिभि, अन्तरदेशीय हवाई तथा बसको टिकट, विभिन्न वालेटमा रकम पठाउन, बजारमा खरीद गरिने विभिन्न सामानको मूल्य भूक्तानी गर्न सहज हुने भएकोले दैनिक बचत खातामा रकम जम्मा गर्ने व्यक्तिले धेरै नगद बोकेर हिड्न नपर्ने । शुन्य मौज्दातमा पनि यो खाता खोल्न सकिने छ । यो खाताको रकम सदस्यले चाहेको समयमा आवश्यकता अनुसार झिक्न सक्नेछन् । सदस्यको क्षमता अनुसार जतिसुकै रकम जम्मा गर्न सक्ने र झिक्न पाउने सुविधा रहेको छ । दैनिक रुपमा संस्थाबाट घरदैलो बचत संकलन गर्न कर्मचारी जाने भएकोले कर्मचारी मार्फत न्यूनतम रु १००। देखि २०००००। सम्म जम्मा गर्न पाउनेछ । आवश्यकता अनुसार भूक्तानी पुर्जा उपलब्ध हुने छ । आवश्यकता अनुसार रु २०००००। सम्म घर दैलो बचत संकलन गर्ने कर्मचारीले भुक्तानी पुर्जाको आधारमा सोही स्थानमा रकम भूक्तानी दिन सक्नेछ । बचत कर्तालाई आवश्यकता अनुसार पास बुक प्रदान गरिने छ । ऋणको कारोबार गर्ने सदस्यले दैनिक रुपमा जम्मा गरेको बचतबाट महिनाको अन्तिममा आफ्नो ऋणको किस्ता बुझाउन सक्नेछन् ।

शेयर सदस्य आफु संरक्षक बनी आफ्ना १६ बर्ष मुनिका छोरा छोरीको नाममा बचत गर्ने गरी संचालन गरिने खाता हो । सदस्य संरक्षक बनी १६ वर्ष उमेर नपुगेका आफ्ना बालबालिकाको नाममा खाता सञ्चालन हुने भएकोले यसलाई कोपिला बचत भनिएको हो ।

  1. कोपिला बचतको उद्देश्यः साना तिना खर्चहरुलाई कम गरेर बालबालिकालाई बचत जम्मा गर्न प्रोत्साहन गर्नु यसको उद्देश्य हो ।
  2. बचतको समयावधिः कोपिला बचत गर्ने बाल बालिकाको उमेर १६ वर्ष नपुग्दा सम्म यो बचत खाता कायमै रहनेछ । कोपिला बचतकर्ताको उमेर १६ वर्ष पुगेपछि खाता बन्द गर्न सकिनेछ ।
  3. बचत फिर्ता र न्यूनतम मौज्दात राख्ने प्रावधानः यस बचत खातामा रु ३००००। (तीस हजार) न्यूनतम मौज्दात राखी बाँकी रकम संरक्षक वा कोपिला बचतकर्तालाई आवश्यक परेको कुनै पनि समयमा झिक्न वा फिर्ता लिन पाउनेछन् । वर्षमा २ भन्दा बढी पटक झिक्न पाइने छैन । तर जुन सुकै समयमा जति पनि बचत जम्मा गर्न मिल्नेछ ।
  4. कोपिला बचतका अन्य निर्धारित विशेषताहरुः कोपिला बचत खातामा रहेको रकम बालबालिकाको शैक्षिक उन्नतीका लागि खर्च गर्न सकिने । खातामा न्यूनतम रु ३००००। मौज्दात राखी बाँकी रकम एक आर्थिक वर्षमा २ पटकसम्म सजिलै झिक्न मिल्ने । कोपिला बचत खातामा भएको रकमलाई सुरक्षण राखी ९० प्रतिशत ऋण लिन पाउने र अचल सम्पत्ती धितोमा ऋण लिंदा समेत धितो कम भएमा कोपिला बचत खातामा भएको रकम सुरक्षणको रुपमा लिन मिल्ने । वर्ष भरी न्यूनतम रु १०,०००। खतामा रकम मौज्दात रहेका कोपिला बालबालिको जन्म दिनमा रु ५००। बराबरको उपहार प्रदान गर्ने । कोपिला बचतकर्ताहरुलाई वार्षिक रुपमा हुने बाल भेलामा सहभागी गराई विभिन्न खेलकुद तथा अन्य बौद्धिक प्रतिस्पर्धाका कार्यक्रममा सहभागी बनाउने । वर्षभरी रु ३००००। भन्दा बढी रकम खातामा मौज्दात रहेका कोपिला बचतकर्तालाई एक दिने कोपिला बचत भ्रमण गराउने । कोपिला बचत कर्ताको उमेर १६ वर्ष पुगेपछि नागरिकताको आधारमा सदस्य बन्न मिल्ने र कोपिला बचत खातामा भएको रकम शयेरमा सार्न वा आश्यकता अनुसार बचत फिर्ता लिन मिल्ने । कोपिला बचतकर्ता सदस्य बनेमा सदस्यता प्रवेश शुल्क नलाग्ने तर सदस्यता नबनी खाता बन्द गरेमा खाताबन्दी शुल्क रु १००। लाग्ने छ ।

संस्थाका महिला सदस्यहरूले आफ्नो खरखाँचो टार्नकोलागि संस्थामा नियमित वा ऐच्छिक रूपमा जम्मा गर्ने बचतलाई नारीहित बचत भनिने छ ।

  1. बचतको उद्देश्यः महिला सदस्यलाई आफ्नो पेवा रकम जम्मा गर्ने ।
  2. बचतको समयावधीः यो बचत खाता महिला सदस्यहरुको लागि मात्र भएकोले सदस्यता कायम रहँदासम्म हुनेछ । आवश्यकता अनुसार कुने पनि समयमा बन्द गर्न सकिनेछ ।
  3. बचत जम्मा र फिर्ता गर्ने प्रावधानः नारीहित बचत शिर्षकमा एक पटकमा न्यूनतम रु १००। देखि अधिकतम जतिसुकै रकम जम्मा गर्न सकिने छ । खातामा न्यूनतम रु २०००। मैज्दात राखी बाँकी रकम चाहको समयमा झिक्न पाइनेछ ।
  4. नारीहित बचतका अन्य विशेषताहरुः यस खातामा वर्षभरी बा¥है महिना रु २०,०००। मौज्दात कायम गरेका महिला सदस्यलाई वर्षको एक पटक तीज विशेष कार्यक्रममा सहभागि गराइनेछ ।

शरीरमा स्वस्थता र शक्ति हुँदा बचत गरेको वेतन, उमेरले पाकेको र शरीरले थाकेको अवस्था गर्छ यसले जतन को उद्देश्यलाई पुरा गर्न उमेरले पाको भएपछि उक्त खातमा भएको रकम झिकेर आफ्ना आवश्यकता पुरा गराने बचत नै ज्येष्ठ सदस्य बचत हो ।

  1. बचतको उद्देश्यः संस्थाका सदस्यहरू मध्ये कुनै पनि सदस्यले वृद्धावस्थामा आत्मसम्मान र स्वाभिमानका साथ जीवनयापनको लागि आर्थिक व्यवस्थापनमा सहयोग पु¥याउने ।
  2. बचत जम्मा र फिर्ता गर्ने प्रावधानः सदस्यले आफ्नो अनुकुलतामा मासिक वा स्वेच्छिक रुपमा जम्मा गर्न सक्नेछन् । न्यूनतम रु १००। देखि माथि जतिपनि जम्मा गर्न सक्नेछन् । सदस्यता त्याग नगर्दासमम बचत गर्न सक्नेछन् । सदस्यको उमेर ६० वर्ष पुगेपछि जम्मा भएको बचत रकम मध्येबाट न्यूनतम रु २०००। खतामा मौज्दात राखी बाँकी रकम मासिक रुपमा वा एकमुष्ट झिकेर चलाउन मिल्ने छ ।
  3. अन्य विशेषताः ज्येष्ठ सदस्य बचत खाता खोलेका ७० वर्ष उमेर पुगेका सदस्यलाई तीर्थाटन भ्रमणमा सहभागी बनाउने । ज्येष्ठ सदस्य बचत खातामा नियमित बचत जम्मा गर्ने ७५ वर्ष माथिका सदस्यलाई आवश्यकता अनुसार घर दैलोमा गई सेवा प्रदान गरिने । न्येष्ठ सदस्य बचत खातामा रकम जम्मा गर्ने ७० वर्ष उमेर पुगेकालाई ज्येष्ठ सदस्य सम्मान गरिने । ७० वर्ष उमेर पुगेका सदस्यलाई मासिक रुपमा घरमै गएर प्रेसर सुगर जाँच गरिने ।
  4. उमेरले ६० पुरा भएका सदस्यले ज्येष्ठ सदस्य बचत खातामा नियमित बचत गरेपछि मासिक अनिवार्य बचतको शिर्षकमा बचत गर्नु नपर्ने ।

सदस्यको काम आफैमा विशेष बचत गर्ने बानी भयो भने विशेष ।

  1. बचतको उद्देश्यः संस्थाका कुनै पनि प्राकृतिक सदस्यले आफ्नो कुनै पनि लक्ष्य तथा विशेष उद्देश्य पुरा गर्न आवश्यक पर्ने रकमको व्यवस्थापन गर्ने उद्देश्यले नियमित वा ऐच्छिक रुपमा रकम जम्मा गर्नेे ।
  2. बचत जम्मा र फिर्ता गर्ने प्रावधानः विशेष बचत खाता खोल्नको लागि न्यूनतम रु ५,०००। पाँच हजार आवश्यक हुनेछ । आफुले जम्मा गरेको उद्देश्य अनुसारको बचत सीमा पुरा भएपछि खातामा न्यूनतम रु ५०००। मैज्दात राखी बाँकी एक मुष्ट झिक्न पाउनेछन् ।
  3. अन्य विशेषताः यस बचत शिर्षकमा सदस्यले नियमित वा अनियमित ऐच्छिक रुपमा बचत गर्न सक्नेछन् । दैनिक रुपमा …का दरले गरेको रकम ३६५ दिनपछि एक मुष्ट झिकी कुनै काम गर्न सक्नेछ । पुन जम्मा गर्न सक्नेछ ।

सदस्यले आफ्नो रुची अनुसारका चाँड पर्व मनाउन चाहिने पैसा जम्मा गर्ने बचत शिर्षक पर्व बचत हो ।

  1. बचतको उद्देश्यः सदस्यले आफ्नो कुल धर्म परम्परा अनुसारका चाडपर्व मनाउनको लागि आवश्यक पर्ने रकमको व्यवस्थापन सहयोग गर्नु ।
  2. बचत जम्मा र फिर्ता गर्ने प्रावधानः सदस्यले आफुले मनाउने महत्वपूर्ण पर्वमा आवश्यक पर्ने रकम खर्च गर्नको लागि यस बचत खातामा नियमित वा एकमुष्ट जम्मा गर्न सक्नेछन् । सदस्यले आफुले जम्मा गर्ने पर्व बचत कुन पर्वको लागि कहिले झिक्ने हो सो यकिन हुनु आवश्यकछ । आफुले चाहेको पर्वमा खातामा न्यूनतम २०००। मौज्दात राखी बाँकी रकम झिक्न पाउने छ ।
  3. बचतका अन्य विशेषताः शून्य मौज्दातमा खाता खोल्न सकिने । चाड पर्वमा आवश्यक पर्ने रकम झिक्न पाइने । उक्त बचत खातामा रु १००। देखि अधिकतम जतिपनि रकम जम्मा गर्न सक्नेछन् । खातामा रु १०००। मौज्दात राखी आवश्यकता अनुसार बाँकी रकम झिक्न सक्नेछन् ।

कुनै पनि स्थान विशेषकाो अवलोकन भ्रमण प्रयोजनमा लाग्ने खर्च व्यवस्थापन गर्न जम्मा गरिने बचत ।

  1. बचतको उद्देश्यः स्वदेश वा विदेशका विभन्नि गाउँ सहर, धार्मिक तथा पर्यटन स्थलको भ्रमण गर्दा लाग्ने खर्चको व्यवस्था गर्न रकम व्यवस्थापन गर्न बचत जम्मा गर्ने ।
  2. बचत जम्मा र फिर्ता गर्ने प्रावधानः सदस्यले आफ्नो ईच्छा अनुसार बचत जम्मा गर्न मिल्ने । न्यूनतम रु १०० देखि माथि जतिपनि रकम जम्मा गर्न सकिने । आफुले चाहेको स्थानमा भ्रमण गर्न जाँदा खातामा न्यूनतम रु १०००। मौज्दात राखी बाँकी रकम झिक्ने पाउने ।
  3. अन्य विशेषताः संस्थाले आयोजना गरेको कुनै पनि भ्रमणमा जानको लागि भ्रमण बचत अनिवार्य हुने । भ्रमणमा सहभागी भ्रमण बचत खातामा न्यूनतम रु १०००। मैज्दात भएको हुनु पर्ने । भ्रमण बचत खाताबाट रकम झिकेर घुमफिर गर्न जान पाइने ।

संस्थागत सदस्यले मात्र कारोबार गर्ने बचत शिर्षक हो ।

  1. बचतको उद्देश्यः ऐनले व्यवस्था गरेको संस्थागत सदस्यहरु (सामुदायिक तथा सहकारी विद्यालय, गुठी, स्थानीय ल्कव, स्थानीय तहमा गठन भएका गैर नाफा मूलक संघ संस्थाहरु, उत्पादन र सेवामूुलक संघ संस्थाहरु, उपभोक्ता समूहहरु, संगठित संघ संस्थाहरुले कोष स्थापना गरी विद्यालय, पाटी, पौवा, धारा, चौतारी, प्रतिक्षालय, पुल पुलेसा आदिको निर्माण तथा निर्माण सहयोग गर्ने उद्देश्यले रकम व्यवस्थापन गर्ने प्रयोजन खुलाई संगठित संस्थाले जम्मा गरेको बचतलाई संस्थागत बचत जम्मा गराउनु ।
  2. बचत जम्मा र फिर्ता गर्ने प्रावधानः संस्थागत बचत खाता खोल्नको लागि न्यूनतम रु ५०००। पाँच हजार लाग्नेछ । खातामा न्यूनतम रु ५०००। पाँच हजार मौज्दात राखी बाँकी आवश्यकता अनुसार झिक्न पाउने छ । संस्थागत सदस्यलाई यो बचत खाता अनिवार्य हुनेछ । संस्थागत सदस्यलाई मासिक बचत, सरल बचत आवश्यक पर्नेछन ।
  3. अन्य विशेषताः संस्थागत सदस्यले मात्र यस खातमा बचत जम्मा गर्न पाउनछन् ।प्राकृतिक व्यक्तिगत सदस्यले यस बचत शिर्षकमा बचत गर्न पाउनेछैन ।

संस्थाका सदस्यहरूले निश्चित अवधि सम्मकोलागि सम्झौता गरी राखिने बचतलाई आवधिक बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रू ५०,०००। देखि अधिकतम जतिसुकैरकम बचत गर्न सकिने छ । यसरी संकलन गरिने बचत संस्थाको कूल बचतको २० प्रतिशत भन्दा बढी नहुने गरी स्वीकार गरिने छ । आवधिक बचत शिर्षकमा सञ्चलक समितिको निर्णय अनुसार संस्थालाई आवश्यकता परेको समयमा तीन महिने र छ महिने, एक वर्षे, दुई वर्षे र तीन वर्षे समयावधिको बचत तोकिएका शर्त नामाका आधारमा जम्मा गरिनेछ

Item #1
Scroll to Top